
१० चैत, काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतले कैद र जरिवानाको फैसला गरेपछि भागेका बुद्धिबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–२ घर भएका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।
उनलाई चेक अनादर गरेको मुद्दामा दोषी ठहर गर्दै गत फागुन १७ गते उच्च अदालत पाटनले ६ दिन कैद र १९ लाख ९० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
तामाङले २०७६ कात्तिक २५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी कुमारी तामाङलाई कृषि विकास बैंकको जोरपाटी शाखामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेक काटेर दिएको प्रहरीको भनाइ छ ।
उनलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस