मुख्य समाचार

चक्लेटको लालच दिएर १० दिनमा ८ जना बालिकासँग बलात्कार

pakrau

१० चैत, बिहार । बिहारको लखीसरायको कजरा गाउँमा ५ देखि ७ वर्षका बालिकाहरुलाई चक्लेटको लालच दिएर बलात्कार गरेको घटना बाहिर आएको छ । ५० वर्षीय आरोपितले आफ्नो ती बालिकाहरुलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिएर बलात्कार गर्ने गरेको खुलासा भएको हो । पीडित परिवारको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रहरीले हाल ती व्यक्तिसँग सोधपुछका साथै उसको मानसिक अवस्थाको बारेमा पनि जाँच गरिरहेको छ । सोमबार साँझ दुई बालिकाको स्वास्थ्यअवस्था बिग्रिएपछि उनीहरुले प्रकाश ताँती नाम गरेका व्यक्तिले गरेको दुष्कर्मको बारेमा बताएका थिए ।

यो खबर फैलिएसँगै सो क्षेत्रमा सनसनी मच्चिएको थियो । घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यहाँ पुगेर आरोपितलाई पक्राउ गरेको थियो । स्थानीयका अनुसार मार्च २० का दिन उनले अन्तिम पटक २ बालिकामाथि दुष्कर्म गरेका थिए ।

प्रहरीका अनुसार शुरुमा ८ जना बालिकाको परिवार प्रहरीमा उजुरी दिएका थिए । सोधपुछका क्रममा थप बालिकामाथि बलात्कारको उजुरी आएको छ । आरोपितले सबै बालिकामाथि १० देखि १० मार्चको बीच बलात्कार गरेका थिए । स्रोत : दैनिक भास्कर

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *