कर्पोरेट

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’

nabil icard

१० चैत, काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैङ्कले यूएस डलर नबिल आईकार्ड ल्याएको छ । यस बैङ्कमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ई–कमर्ससाइटमार्फत् अनलाइन सपिङ गरी विश्व भर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन् ।

सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबरको परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् ।

नबिल बैङ्कले ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत बैङ्कले सेवा दिँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *