खेलकुद समाचार

पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले विजयी

mrs dhoni

१० चैत, काठमाडौं । तीन खेलको एकदिवसीय शृङ्खालको पहिलो खेलमा भारतले इङ्ल्याण्डलाई ६६ रनले पराजित गरेको छ । जीतसँगै भारतले शृङ्खालमा १–० अग्रता लिएको छ ।

टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले ६ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो । जवाफमा इङ्ग्ल्याण्ड मात्र ४२.१ ओभरमा २५१ रनमा समेटियो । एक समय इङ्ल्याण्डले बिना विकेटको क्षतिमा १३५ रन बनाएको थियो । जीतर्फ अघि बढिरहेको इङ्ल्याण्डलाई सस्तोमा समेट्न डेब्यू गरिरहेका प्रसिद्ध कृष्ण र शार्दूल ठाकुरले मिलेर ७ विकेट लिए । कृष्णाले ४ तथा शार्दूलले ३ विकेट लिए ।

योसँगै डेब्यू एकदिवसीय खेलमा ४ विकेट लिने कृष्णा पहिलो भारतीय खेलाडी बनेका छन् । यसअघि १६ भारतीय खेलाडीले डेब्यूमा ३–३ विकेट लिएका थिए । इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए भने ओपनर जेसन रोयले ३५ बलमा ४६ रनको योगादन दिए । यसअघि भारतका लागि शिखर धवनले ९८ रन तथा कप्तान विराट कोहलीले ५६ रन बनाए । त्यस्तै, क्रुणाल पान्ड्याले ५८ तथा लोकेश राहुले ६२ रनको योगदान दिए । इङ्ल्याण्डका लागि बेन स्टोक्सले ३ तथा मार्क वुडले २ विकेट लिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *