
१० चैत, काठमाडौं । आफ्नी बुहारीलाई जिउँदै आगो लगाएर भागेका बाँकेका हनिफ शेष ढपालीलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । बाँकेको नरैनापुर गाउँपलिका–२ घर भएका शेषलाई सो गाउँपालिकाको वडा नम्बर–१ स्थित सुईयाबाट प्रहरीले पक्राउ गरेको हो ।
दाइजोको निहुँमा ७५ वर्षीय शेषले ०७० मा बुहारीलाई मट्टितेल छर्केर आगो लगाएर भागेका थिए । ७ वर्ष भारतमा लुकेर बसेका उनलाई गाउँ आएको सुराक पाएपछि पक्राउ गरिएको जिप्रका बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस