समाचार

घाइते साथीलाई नदीमा फालेर फरार भएपछि…

arrest

११ चैत, स्याङ्जा । ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन् ।

घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार फरार छन् । जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ–९ पारीचौर स्थित बेलचौर –साँखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लुअफ १०२० नम्बरको (अस्थायी नम्बर ) ट्र्याक्टरबाट खसेर गल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका थियो।

‘ट्र्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्र्याक्टरमा राखेछन्,’ अधिकारीले भने, ‘ पारीचौरबाट ट्र्याक्टर मोडेर फेरि साँखरस्थित कालीगण्डकी नदीको किनारमा लगेछन् र घाइते गाहालाई त्यहींबाट नदीमा फालिदिएछन् ।’ आइतबार सूचना पाएपछि प्रहरी अधिकृतको टोली खोजतलासमा लागे पनि गाहा अहिलेसम्म नभेटिएका उनले बताए । कान्तिपुरमा खबर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *