
११ चैत, काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) जारी गर्ने भएकने छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
उक्त आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ । रुरु जलविद्युतको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रुरुले स्थानीयलाई आईपीओ बिक्री गरिसकेको छ ।