
११ चैत, काठमाडौं । एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई, यस नयाँवर्ष विशेष सबैलाई’ सार्वजनिक गरेको छ । योजनाअनुसार एलजीको नेपालका लागि अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानको खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गर्ने भएको छ ।
जसअनुसार नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिरजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । अफरमा ग्राहकहरुले साइड–बाइ–साइड डोर रेफ्रिरिजेरेटर किन्दा १४ हजार ४९० रुपैयाँका माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिरिजेरेटरकोे खरिदमा २४ सय ५० रुपैयाँको स्ट्यान्ड फ्यान सित्तैमा पाउनेछन् ।
त्यस्तै, माइक्रोवेभ ओभनको खरिदमा २८ सय रुपैयाँको खाना पकाउने किट, डिस वासर र वासिङ मेसिन, वासिङ मेसिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा ५२ सय ३० रुपैयाँको भेजिटेबल प्युरिफायर, वासिङ मेसिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा २६ सय ५० रुपैयाँको इलेक्ट्रीक केटल र वासिङ मेसिन टप लोडको खरिदमा १ हजार २० रुपैयाँको ड्राइ आइरन सित्तैमा पाइन्छ । साथै, एसी किन्दा ४ हजार रुपैयाँ बराबरको जडान सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ । यो योजना चैत ११ गते लागु गरिएको छ ।