प्रदेश २

श्रीमानसँगै होटलमा बसेकी महिलाको शव फेला, घटना शंकास्पद

janakpur dead body

११ चैत, जनकपुर । जनकपुरधामस्थित एक होटलमा विगत दुई दिनदेखि आफ्नो श्रीमानसँगै बसेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी म्याग्दीको तत्कालीन बिम गाविसकी ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो ।

श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउन्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुर आएकी श्रीपाली दुईदिन पश्चात मृत अवस्थामा भेटिएकी हुन् ।

मृतकका पति विश्वास श्रीपालीले होटलको पाँचौं तलाबाट खसेर सिर्जनाको मृत्यु भएको बताएका छन् । विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट गाउँ फर्केको प्रहरीसमक्ष बयान दिएका छन् । सिर्जनाको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस