गण्डकी प्रदेश

गण्डकी प्रदेश लोकसेवा पदाधिकारीले लिए शपथ

HB Gandaki

११ चैत, कास्की । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराए । आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई पद तथा गोपनीयताको शपथ गराए । गण्डकी सरकारले यही चैत ७ गते आयोगका पदाधिकारीमा उनीहरुलाई नियुक्त गरेको थियो ।

विसं २०७६ साउनमा गण्डकी प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ गण्डकी प्रदेशसभाबाट पारित भएको थियो । नवनियुक्त पदाधिकारीले आजै पोखराको मुस्ताङ चोकस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरेका थिए । आयोगका पदाधिकारीको कार्यावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस