कर्पोरेट

पठाओको सबै सेवा सुचारु !

pathao

११ चैत, काठमाडौं । हिजो चैत्र १० गते दिउँसोबाट अवरुद्ध भएको पठाओको सेवा २४ घण्टा पछि आज ३ बजेबाट सुचारु भएको छ ।

हिजो पठाओ नेपाल प्रालिले प्राबिधिक कारण सेवा अवरुद्ध भएको बताएको थियो । सेवा पुनस् सुचारु भए सँगै बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा सन्चालनमा आएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।

पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पुर्ण राइडर साथीहरूलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातले बताए ।

यस सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने बस्न्यातको भनाइ छ । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *