सेयर मार्केट

नेप्सेमा ४१.३० अङ्कको वृद्धि, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

stock market

११ चैत, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार आज सेयर बजारमा हरियाली छाएको छ । बुधबार बजार परिसूचक नेप्से ४१.३० अंकले वृद्धि हुँदा २५७०.२५ अंकमा बन्द भएको छ ।

बजार परिसूचकसँगै हाइड्रोपावरबाहेक सबै उपसूचकमा पनि हरियाली छाएको छ । होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ५.४४ प्रतिशत र लगानी उपसूचक ५.५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, लघुवित्त उपसूचक २.६९ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२८ प्रतिशतले वृद्धि भएको छ ।

बजार परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा  ७२ हजार ९५७ पटकमा २०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ४४ लाख २४ हजारको कारोबार भएको छ । कारोबार रकममा नेपाल इन्फ्रास्ट्रचर बैंकको सर्वाधिक ६५ करोड १५ लाख २ हजारको कारोबार भएको छ । यस्तै, अपर तामोकोसीको ४१ करोड ५७ लाख ६० हजारको कारोबार भएको छ ।

बजार परिसूचकमा हरियाली छाउँदा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलमेन्ट कम्पनी, चन्द्रागिरि हिल्स, आरएसडीसी लघुवित्त, माउन्टेन हाइड्रो र काचलिका पावर रहेका छन् । सेयर मूल्य घट्नेमा भने रैराङ हाइड्रोपावर अपर तामाकोसीलगायतका हाइड्रोपावर अगाडि छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *