मुख्य समाचार

भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटियो

covid 19 india

११ चैत, काठमाडौं । भारतको १८ राज्यमा कोरोना भाइरसका एउटा नयाँ ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महाराष्ट्र राज्यमा लिइएको नमुना परीक्षण र ‘जिनोम सिक्वेन्सिङ’का क्रममा भेटिएको यो भाइरस यसअघि पहिचान भएका भाइरसभन्दा फरक प्रकारको रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भारतमा यसअघि नै बेलायत तथा दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको दुई भेटिएन्ट भेटिइसकेको छ । बुधबार मात्र भारतमा ४७ हजार २६२ नयाँ संक्रमित भेटिएका जनाइएको छ । संक्रमण बढेसँगै यहाँका केही राज्यहरुले सार्वजनिकस्थलमा भेला भएर होलीलगायतका चाडपर्व मनाउनसमेत रोक लगाइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस