राजनीति

स्वास्थ्यका बारेमा किन बोल्छन् ? भन्नेलाई प्रधानमन्त्रीको जवाफ: अभियन्ताका हिसाबमा बोल्छु !

KP Sharma Oli

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी नै नभएको विषयमा बोल्ने गरेको भन्ने आरोपको खण्डन गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले जनप्रतिनिधि र अभियन्ताका नाताले आफूले बोल्ने गरेको बताए ।

“कहिले–कहिले मलाई मान्छेले भन्ने गर्छन्, स्वास्थ्यका बारेमा किन बोल्छ ? डाक्टर होइन, केही होइन । बोल्न किन पर्छ भने म अभियन्ता हुँ,” उनले भने, “जनतामा चेतना ल्याउनुपर्छ, जागरण ल्याउनुपर्छ । चेतनाको शंखघोष गर्नुपर्छ । अभियन्ताका हिसाबमा मैले ती कुराहरु गर्नुपर्छ ।”

अभियन्ता भएकाले बोक्सी हुँदैन, छाउपडी, पछौटेपनजस्ता विषयमा बोल्नुपर्ने उनले बताए । जनतामा सेवा पुर्‍याउनका लागि आफ्नो कर्तव्य ठानेर अघि बढ्ने गरेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस