विश्व/प्रवास

अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीन दिनअघि जानकारी दिन बम्बे हाईकोर्टको आदेश

arnab goswami

११ चैत, काठमाडौं । टीआरपी घोटाला मामिलामा भारतका रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीनदिन अघि उनलाई जानकारी दिन प्रहरीलाई बम्बे हाईकोर्टले आदेश दिएको छ ।

अर्नब गोस्वामी यतिबेला आत्महत्या दुरुत्साहनको अर्को एउटा मामिलामा जमानतमा छन् । अर्नब गोस्वामीलाई ५३ वर्षका एक इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको मामिलामा पक्राउ गरिएको थियो ।

अर्नब गोस्वामीलाई अघिल्लो वर्ष नोभेम्बर ४ मा मुम्बईमा उनको घरबाट पक्राउ गरिएको थियो र ११ नोभेम्बरमा उनले सर्वोच्च अदालतबाट जमानत पाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस