समाचार

हिजोको तुलनामा आज घटे कोरोना संक्रमित

Corona Kathmandu

११ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो लगातार दुई दिनको संक्रमितको संख्या भन्दा कम हो । लगातार दुई दिनसम्म कोरोना संक्रमितको संख्यामा बृद्धि भएकोमा बुधबार भने मंगलबारको तुलनामा संक्रमितको संख्या केही कम देखिएको छ । मंगलबार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो ।

आज १ सय ४५ जनामा संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि दोस्रो लहर शुरु हुने चिन्ता व्यक्त गरिएको छ । पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७२ हजार १८७ जना निको भएका छन् ।

यस अवधिमा १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड–१९ बाट ३ हजार २० जनाले ज्यान गुमाइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *