बलिउड / हलिउड

अभिनेता आमिर खानलाई कोरोना संक्रमण

amir khan

११ चैत, काठमाडौं । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । भारतीय समाचार संस्था एएनआईले आमिरलाई कोरोना लागेको जनाएको हो । कोरोनाको चपेटामा परेसँगै आमिर आफ्नै घरमा सेल्फ क्वारिन्टिनमा बसेका छन् ।

साथै उनले पछिल्लो समय आफूसँग सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन पनि सल्लाह दिए । आमिरको पछिल्लो स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ । कोरोना लागेसँगै उनको चलचित्र ‘लाल सिंह चड्डा’ को छायांकन स्थगित भएको छ । उनी अघि अभिनेता कात्र्तिक आर्यन, रणबीर कपूर, सञ्जय लिला भन्साली, कृति सेनन, अमिताभ बच्चनलगायतलाई कोरोना संक्रमण भैैसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *