मुख्य समाचार

काठमाडौंमा मास्क नलगाउनेलाई कारवाही गर्ने, होली घरभित्रै सीमित गर्न आग्रह

cdo Ktm

११ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगरे कारवाही गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको एक विज्ञप्तिअनुसार मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही समेत हुने उल्लेख गरिएको छ ।

प्रशासकीय अधिकृत रमा घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड १९ सम्भाव्य जोखिमहरु न्यूनीकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भीडभाड नगर्ने, होली पर्वलाई आफ्नो घरभित्र सीमित रही सामाजिक, सांस्कृतिक मर्यादाअनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्यरुपमा मास्क, स्यानिटाइजर र सामाजिक–भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस