विश्व/प्रवास

भारतमा २४ घण्टामा ५३ हजार बढी संक्रमित भेटिए, पाँच महिना यताकै बढी

coronavirus in india

१२ चैत, काठमाडौं । भारतमा दैनिकजसो नयाँ भेटिएका कोरोना संक्रमितको आँकडा ५० हजार पार भइरहेको छ । बुधबार यहाँ ५३ हजार ४ सय १९ संक्रमित भेटिए । २६,५७५ बिरामी ठिक पनि भएका छन् भने २४९ को मृत्यु भएको छ ।

नयाँ संक्रमितको यो आँकडा २३ अक्टोबरपछि सबैभन्दा धेरै हो । त्यतिबेला ५३,९३१ बिरामी भेटिएका थिए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३१,८५५ बिरामी महाराष्ट्रमा भेटिए । यहाँ १५,०९८ बिरामी निको भए र ९५ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २६,५८८ को बढोत्तरी दर्ता गरिएको छ । यसका साथै कूल सक्रिय संक्रमित ३.९१ लाख भएका छन् । आज (बिहिबार) यो चार लाख पार हुने  अनुमान गरिएको छ ।

देशमा हालसम्म १ करोड १७ लाख ८७ हजार १३ जना यो महामारीको चपेटमा आइसकेका छन् । यीमध्ये १ करोड १२ लाख २९ हजार ५९१ निको भइसकेका छन् जबकी १.६० लाख बिरामीले ज्यान गुमाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *