समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

bike accident

१२ चैत, झापा । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *