
१२ चैत, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार मूल्यमा भने सामान्य गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस