
१२ चैत, काठमाडौं । मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको मिरकोट–३ घर भई काठमाडौंको कीर्तिपुर, मच्छेगाँउ बस्दै आएका ३२ वर्षीय नवीन लामिछाने छन् ।
उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले थापाथलीबाट पक्राउ गरेको हो । बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै उनले प्रविण श्रेष्ठको परिवारसँग ७० हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस