
१२ चैत, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ । भागरथीको शरीरबाट निकालीएको स्वाबसँग दिनेशको डीएनए मिलेको हो ।
बलात्कारपछि हत्या गरिएकी भागरथीको भेजाइनल स्वाबमा भेटिएको डीएनए दिनेशसँग मेल खाएको प्रहरीले जानकारी दिएको छ ।
‘डीएनए मेल खाएको रिपोर्ट राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट आएको छ,’ ‘सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।
बलात्कार र हत्या आरोपमा पक्राउ परेका दिनेश पुर्पक्षका लागि डोटीस्थित सुधार गृहमा छन् ।
प्रतिक्रिया दिनुहोस