१२ चैत, सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एकजना युवकको शव फेला परेको छ ।
जिल्लाको मलंगवा नगरपालिका-९ अन्तर्गत पर्ने खेतमा टाउको काटिएको अवस्थामा शव फेला परेको हो । शव फेला पर्ने व्यक्ति अन्दाजी २५ वर्षीय पुरुष रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।
डीएसपी कुँवरका अनुसार रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस