समाचार

टेलिकमको तामाको तार चोरी, दुईजना पक्राउ

arrest

१२ चैत, काठमाडौं । बाजुरामा नेपाल टेलिकमको तामाको तार चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

गौमुल गाउँपालिका-१ पोखरास्थित नेपाल टेलिकमको टावरबाट करिब ५२ किलोग्राम तौल भएको तामाको तार चोरी भएको घटनामा संलग्न रहेको आभियोगमा आछाम, सांफे नगरपालिका–१३ बस्ने ३० वर्षीय सुरेन्द्र बाब्ली र बाजुरा बुढिगंगा नगरपालिका–६ फालसैनस्थित ग्रिल उद्योगमा काम गर्ने भारत पिलिभित मैनाली घर भएका १९ वर्षीय तटसिर रजरनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा बाब्लीले टेलिकमको टावरमा रहेको तामाको तार चोरी गरी तटसिर रजरनलाई बिक्री गरेको भनी खुल्न आएपछि तटसिरसमेतलाई प्रहरीले पक्राउ गरिएको हो । प्रहरीले तटसिरको डेराबाट चोरी भएको तामाको तारसमेत बरामद गरेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस