मुख्य समाचार

रौतहटमा आधा शरिर जलेको अवस्थामा भेटियो एक महिलाको शव

sab fela

१२ चैत, रौतहट । रौतहटमा आधा जलेको अवस्थामा महिलाको शव फेला परेको छ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नं.५ झुनखुनुवा स्थित सुन्दर साहको खेतमा नाम थर नखुलेको अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

घटना संकास्पद भएकाले विशेषज्ञ कुकुर आइरहेको बताउँदै उनले पहिचान गर्ने सक्ने व्यक्तिहरुले सहयोग गर्न अनुरोध गरे । मृतकको शव खेतमा जलेकाले पनि कसैले सुनियोजित तरिकाले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस