
१२ चैत, काठमाडौं । रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका छन् । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो ।
कानूनतः थुनामा रहेका व्यक्तिको मुद्धा खारेजीको प्रकृया अगाडि बढाउने सरकारले हो । मुद्धा खाजेरीको प्रकृया शुरुवात गर्ने पहिलो निकाय गृह मन्त्रालय हो । तर गृहमन्त्री थापा आफै उक्त माग राख्न सडकमा पुगेका छन् ।
यसको अर्थ उनी आफै सरकार बिरुद्ध सडकमा उत्रेको कानूनविद्हरु बताउँछन् । ‘मुद्धा खारेजी गर्ने गृहले नै हो, उहाँ गृहमन्त्री हुनुहुन्छ तर सडकमा उत्रनु भएको छ’, एक अधिवक्ता भन्छन्, ‘यसको अर्थ उहाँ रेशम चौधरीहरुको मुद्धा खारेज गर्न चाहनुहुन्छ तर प्रधानमन्त्री वा आफूभन्दा माथीबाट खारेजीको प्रकृया अगाडि नबढाउन दवाव छ भन्ने बुझिन्छ ।’
तर अर्का एक अधिवक्ता भने जसपा फुटाएर सरकार बलिायो बनाउनका लागि गृहमन्त्रीले गरेको यो नाटक गरको तर्क पेश गर्छन । ‘रेशम चौधरीहरुको मुद्धा खारेज गर्नुपर्ने मात्र जसपाको हो, त्यसैले मुद्धा खारेज गर्ने पक्षमा हामीपनि छौँ, भन्ने विषयमा जसपालाइ विश्वास दिलाउन उहाँ सडकमा ओर्लनुभएको हो’, उनी भन्छन्, ‘यसबाट जसपा सरकामा जाने तयारी अन्तिम चरणमा पुगेको छ भन्ने आंकलन गर्न सकिन्छ ।’