मुख्य समाचार

चामल मात्रै ३५–४० अर्बको किन्छौँ, के कृषिप्रधान ?

kp oli

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खानपानको गलत आदतले गर्दा अर्बौँ रकम देशबाट बाहिइरहेको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रममा उनले देशको उत्पादनले पुग्ने भए पनि गलत बानीले गर्दा अर्बौँ बाहिरिएको बताएका हुन् ।

“चामल मात्रै ३५ अर्ब, ४० अर्बको किन्छौँ, नेपालजस्तो देशले । कृषिप्रधान देशले के प्रधान भयो, आयात प्रधान ? किनेर खाने प्रधान ? कुनै गौरवको कुरा होइन,” उनले भने । उनले अब आयातप्रधान होइन, निर्यातप्रधान मुलुक बनाउनुपर्ने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस