विश्व/प्रवास

फेसबुकले हटायो उइगरमाथि निगरानी गर्ने चिनियाँ ह्याकरको एकाउन्ट

facebook

१२ चैत, काठमाडौं । अल्पसंख्यक उइगर मुस्लिममाथि निगरानी गर्ने चिनियाँ ह्याकरको एकाउन्ट फेसबुकले आफ्नो प्लेटफर्मबाट हटाएको छ । फेसबुकले चीनबाहिर रहेका उइगर मुस्लिममाथि निगरानी गर्ने ह्याकरले बनाएका १०० एकाउन्ट र ग्रुप हटाएको हो ।

फेसबुकका अनुसार उक्त समूहले खराब (मेलिसियस) वेबसाइट र एप्लिकेसनहरुको प्रयोग गरेर डिभाइसमाथि नियन्त्रण लिएर निगरानी गरेको थियो । उनीहरुको मुख्य निसानामा पत्रकार र अधिकारकर्मी परेका जनाइएको छ ।

अधिकांश साइबर हमलाहरु फेसबुकमा नभएको स्पष्टीकरण दिँदै फेसबुकले आफ्नो प्लेटफर्ममार्फत अन्य ‘इन्फेक्टेड’ साइटहरु सेयर गरिएको बताएको छ । “यो गतिविधिमा निरन्तरको प्रयास र उच्चतम रिसोर्सको प्रयोग भएको पहिचान गरिएको छ ।

तर, यसको पछाडि कसको हात छ भन्ने स्पष्ट भएको छैन,” फेसबुकको साइबर जासुसी अनुसन्धानका प्रमुख माइक डिल्यान्स्कीले एक ब्लगमा लेखेका छन् । उइगर चीनको सिनजियाङ प्रान्तको उत्तर–पश्चिमी क्षेत्रका बासिन्दा हुन् ।

उनीहरुमाथि दमन तथा यौन र श्रमशोषण गरेको भन्दै चीनको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ । पछिल्लो केही वर्षमा चीनले १० लाखभन्दा धेरै उइगरलाई हिरासतमा राखेको आरोप लगाइएको छ । तर, चीनले भने आरोपको खण्डन गर्दै आतंकवादसँग लड्नका लागि ‘पुनः शिक्षित’ गर्न उइगरलाई शिविरमा राखिएको दाबी गर्दै आएको छ । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस