
१२ चैत, काठमाडौं । ज्योति विकास बैंकले रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ ।
अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० वटाभन्दा बढी क्यूआर स्ट्यान्ड वितरण गरेको हो ।
क्यूआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस