
१२ चैत, काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार रुपैयाँ पार गरेको छ । बिहीबार चन्द्रागिरिको सेयर मूल्य प्रतिसेयर २ हजार ७९ रुपैयाँ पुगेको हो । यसको मूल्य १० प्रतिशतले बढेको हो ।
बिहिबार सेयर बजारमा २१।२९ अंकको गिरावट आएको छ । यसदिन साढे ६ अर्ब बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ, होटल तथा पर्यटन र लगानी समूहमा बढोत्तरी छ भने बाँकी सबै समूहमा गिरावट आएको छ ।
ट्रेडिङ समूह १७४.८८ अंकले वृद्धि भएको छ भने होटल्स तथा पर्यटन समूहमा १५४.०७ अंकको बढोत्तरी छ ।
लगानी समूहतर्फ १०३.७२ अंकको बृद्धि छ । कारोवार रकमको आधारमा आज नेपाल पूर्वाधार बैंकको सेयर कारोबार बढी छ । ९१ करोड रुपैयाँ भन्दा बढी कारोबार भएको निफ्राको सेयर मूल्य भने ६ सय १० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस