मुख्य समाचार

२८९१ जनामा परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि

जाेखिम बढेकाले सतर्क रहन आग्रह
kathmandu traffic

१२ चैत, काठमाडौं । बितेको २४ घण्टामा देशभर १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढे पनि नेपालमा भने संक्रमण ह्वात्तै बढेको देखिँदैन । तर संक्रमण बढ्ने सम्भावना देखिएको हुँदा सबैले आवश्यक सतर्कता अपनाउन उनले सुझाए ।

डा. गौतम भन्छन्, ‘अहिले नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको देखिँदैन । तर बढ्ने सम्भावना छ । सबैले आवश्यक सतर्कता अपनाउनुपर्छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘एक वर्षअगाडि यो समयमा नेपालमा कोरोना संक्रमित जम्मा दुईजना थिए । तर पछि २ लाखभन्दा बढी भए । त्यसैलाई मध्यनजर गरेर सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ ।’

यस्तै अहिले देशभर करिब ११ सय जना कोरोनाका सक्रिय संक्रमित रहेको डा. गौतमले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस