मनोरञ्जन ताजा समाचार

आँचल र वर्षाको झगडापछि बले र पुष्पले मागे ‘ब्रेकअप’ (भिडिओ)

break up

१२ चैत, काठमाडौं । करिव ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौंला’ हिट भएपछि यसैको दोश्रो भाग ‘माया गरौंला २ (ब्रेक अप)’ रिलिज भएको छ । किरण भुजेल र समीक्षा अधिकारीको स्वर रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको छ । गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आँचल शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा झगडा परेपछि बलेले आँचलसँग र पुष्पले वर्षासँग ब्रेक अप मागेको छन् । बिक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेका छन् । भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन् । भिडियोका निर्देशक सरोज ओली हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *