समाचार

सभापति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

sher bahadur deuba

१२ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका नेता स्व. सीके प्रसाईकी धर्मपत्नी गिरिराजकुमारी प्रसाईको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेतृ प्रसाईको निधनबाट सिङ्गो नेपाली काँग्रेसले त्याग र निष्ठाकी एक असल व्यक्तित्वलाई गुमाएको देउवाको भनाइ छ ।

“नेपाली काँग्रेसका नेता स्व. सीके प्रसाईकी धर्मपत्नी एवं नेपालको लोकतान्त्रिक आन्दोलनको एक अथक महिला नेतृ प्रसाईको निधनबाट सिङ्गो नेपाली काँग्रेसले त्याग र निष्ठाकी एक असल व्यक्तित्वलाई गुमाउनुको साथै झापाको भूगोलले एक अनुभवी नेतृलाई गुमाएको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।

देउवाले आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।​ प्रसाईंको चैत्र १० गते वीएनसी टिचिङ हस्पिटल, विर्तामोड, झापामा उपचारका क्रममा निधन भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *