१२ चैत, काठमाडौं । कपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ बुँदे लिखित स्पष्टिकरण दिएका छन् । चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ नेता नेपालले बिहीबार पठाएका हुन् । केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने ओलीलाई पत्रमा नेपालको प्रश्न छ ।
सर्वोच्च अदालतको आदेशको अवज्ञा नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको ओलीमाथि नेपालको आरोप छ । ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ नेपालको प्रश्न छ ।
प्रतिक्रिया दिनुहोस