विश्व/प्रवास

उत्तरी पाकिस्तानमा गोली चल्दा कम्तीमा ५ जनाको मृत्यु

gun

१२ चैत, काठमाडौं । पाकिस्तानको उत्तरी गिलगित बाल्टिस्तानमा क्षेत्रमा बिहीबार एक अज्ञात आक्रमणकारीले गोली चलाउँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । घटनामा अन्य केही व्यक्ति घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।

गिलगितका वरिष्ठ प्रहरी अधिकृत मिर्जा हसनले सञ्चारमाध्यमलाई बताए अनुसार अज्ञात बन्दुकधारी एक समूहले नल्टार क्षेत्रस्थित पुल नजिकै यात्रु भ्यानमा गोली हानेको थियो । हमला भएको गाडीमा महिला र केटाकेटीहरू यात्रा गरिरहेका थिए ।

रिपोर्ट अनुसार यात्रुवाहक गाडी गिलगितबाट नल्टारबाला जाँदै थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । उक्त क्षेत्रमा थप प्रहरी टोली पठाइएको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । प्रहरीले आक्रमण कसले र किन गरेको भन्नेबारेमा पनि अनुसन्धान गरिरहेको बताएको छ । आक्रमणको कुनै समूह वा व्यक्तिले अहिलेसम्म जिम्मेवारी लिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *