बागमती प्रदेश

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा डढेलो

fire

१२ चैत, रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् ।

भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो पासाङ ल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले अग्निरेखा बनाइरहेको छ ।

संरक्षित जङ्गलमा लागेको डढेलोबाट उत्पन्न धुवाँले सदरमुकामलगायत आसपासका मानवबस्ती प्रभावित भएको छ । डढेलो ब्रावलको भीर हुँदै सडक मुनिको पूर्वी भाग केवुतर्फ अगाडि बढेको निकुञ्जका वन प्राविधिकले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस