विश्व/प्रवास

अफगानिस्तानी सुरक्षा कारबाहीमा २७ लडाकूको मृत्यु

Afghanistan blast

१२ चैत, काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो ।

सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन् । लडाकुहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरू समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन् ।

सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्य मौन रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *