समाचार

तुलसीपुरका दुई छात्रामा कोरोना पुष्टि

covid 19 test positive

१२ चैत, घोराही । दाङको घोराहीमा बसेर अध्ययनरत् तुलसीपुरका दुई छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२१ वर्षीया दुई छात्रामा बिहीबार संक्रमण पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना देखिएको हो ।

केसीका अनुसार हालसम्म तुलसीपुरमा कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस