समाचार

सुटुक्क भारतसम्म बेचिन्छन् हात्ती

Elephant

१३ चैत, काठमाडौं । चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो – हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढे र निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन् । तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन् ।

पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन् । हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पुर्‍याइन्छ ।

चैत ५ गते साँझपख बूढी राप्ती खोलाको पुल तरलगत्तै सौराहा जाने बाटो छेउमा एउटा ट्रक उभियो । कुनैजीव जनावर लैजान ठिक्क परेझैँ  ट्रक बाटोको अग्लो ढिस्कोभन्दा सिधा तल केही गहिरो भागमा रोकिएको थियो ।

यसो हुँदा ढिस्कोबाट जनावर ट्रकमा जान सजिलो हुन्छ । झमक्क साँझ परेपछि त्यो ट्रक आडमा एउटा अजंगको हात्ती ल्याइयो । ढिस्कोबाट हात्ती ट्रकमा गयो। राति १० बजेतिर हात्ती बोके र ट्रक बाटो लाग्यो ।

सफारीका लागि हात्ती सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी लिमिटेडका अध्यक्ष ऋषि तिवारीले लकडाउनपछि संस्थामा रहेकामध्ये १५ वटा हात्ती कम भएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस