बागमती प्रदेश

बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै

coronavirus

१३ चैत, काठमाडौं । बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ । आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा मङ्गलबार बढेर १०३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले पछिल्ला दिनमा भएको राजनीतिक सभा सम्मेलन, भेला र नागरिकले सुरक्षित व्यवहार नगर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जानकारी दिए । व्यवहार परिवर्तन चुनौतीपूर्ण बनेको भन्दै उनले पछिल्ला दिनमा नागरिकले मास्क लगाउन र भेला र भीडभाडमा दूरी कायम गर्नेतर्फ वास्ता गर्न छाडेकाले कोरोनाको जोखिम बढेको बताए ।

उनले कोरोना भाइरसको जोखिम र सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार तयारी अवस्थामा रहे पनि अनियन्त्रित भएमा सरकारको प्रयास अपर्याप्त हुन सक्ने भएकाले रोकथाम आवश्यक भएको बताए । मन्त्रालयका अनुसार प्रदेशभरमा पीसीआर परीक्षण गर्दा गत शुक्रबार ५१, शनिबार ६२ जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *