समाचार

सिन्धुलीका एसपी तिम्सिना तीन महिना नपुग्दै प्रधान कार्यालय तानिए

aabhsan

१३ चैत, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नपुग्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिना लगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो ।

पटक-पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ । उनको ठाउँमा एसपी गोविन्द थपलियालाई पठाइएको छ । थपलिया सर्वोच्च अदालतको सुरक्षा कार्यालयमा कार्यरत थिए ।

प्रहरीले एक वर्षसम्म सरुवा नगर्ने नीति लिएको भए पनि आर्थिक वा अन्य विवादमा परेको खण्डमा भने जुनसुकै बेलामा पनि प्रधान कार्यालय तान्न सक्ने आचारसंहितामा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस