समाचार

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई जना पक्राउ

arrest

१३ चैत, कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

यसैगरी बुधबार प्रहरीले कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरस्थित वनदेवी सामुदाययिक वन छेउमा अन्दाजी ३० क्यूविक फिट सालका दुई गोलिया बरामद गरी सामुदायिक वनमा जिम्मा लगाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस