
१३ चैत, काठमाडौं । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले जित हात पारेको छ । बिहीबार राति जर्मनीले आफ्नो पहिलो खेलमा जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा जर्मनीले आइसल्यान्डलाई ३–० गोल अन्तरले हरायो ।
जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक–एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो । सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २–० को बनाए । पहिलो हाफमा दुई गोल गरेको जर्मनीले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३–० को जित दिलाए । जितसँगै समूह ‘जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ । यता जर्मनी पहिलो खेलमा नै पराजित भयो ।
प्रतिक्रिया दिनुहोस