प्रदेश २

मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु, ठक्कर दिने ट्रक चालक फरार

kapar

१३ चैत, धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

‘असईसाब आफ्नो ड्युटी सकेर घर जाँदै हुनुहुन्थ्यो, त्यही बेला ट्रकले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो,’ डिएसपी मिश्रले भने, ‘हामीले आज बिहान करिब साढे ४ बजेमात्रै यसबारे जानकारी पाएका हौं ।’

मदनजंगको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले फेला पार्न सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *