सेयर मार्केट

आज ज्योती लाइफको आइपिओ बाँडफाँड हुँदै, १२ लाख आवेदकको हात खाली

jyoti life ipo

१३ चैत, काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको आइपीओ केहीबेर पछि बाँडफाँड हुँदैछ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार (आज) ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने कार्यक्रम छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरैको हात खाली हुनेछ ।

ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउने भाग्यमै पर पर्नुपर्ने भएको छ । १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका हुन । यो मागको तुलनामा ६.४ गुणा बढी हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *