प्रदेश १

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

fire

१३ चैत, भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ ।

सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *