कर्पोरेट

होलीको अवसरमा कुश्माको द क्लिफमा ‘फुलमुन बन्जी’ हुने

Bungee

१३ चैत, काठमाडौं । कुश्मा स्थित द क्लिफ प्रालिले सञ्चालन गरेको बन्जीमा चैत्र १५ गते फागुपूर्णिमाको रात ‘फुलमुन बन्जी’ हुने भएको छ । यो क्लिफमा आयोजना गरिएको पहिलो रात्री बन्जी हो ।

साहसिक खेल बन्जीका पारखीहरुलाई केहि फरक मनोरञ्जन दिने हेतुले रातमा फुलमुन बन्जी गराउन लागेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ‘फुलमुन बन्जी’ मा रमाउनेहरुका लागि प्रतिब्यक्ति बन्जी र डिलक्स रुमको प्याकेजका लागि ९ हजार ९ सय ९९ रुपैया तोकिएको छ, भने बन्जी र स्ट्यान्डर्ड रुमसहितको प्याकेजका लागि ८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । प्याकेजमा ‘ब्रेक फाष्ट’ र ‘डिनर’ समेत समावेश गरिएको छ ।

यसका अतिरिक्त ‘फुलमुन बन्जी’मा भिडियोका लागि १५ सय शुल्क तिर्नुपर्नेछ, जसमा आकर्षक टिसर्टको समेत व्यबस्था मिलाईने प्रा लिले जनाएको छ । क्लिफले वढीमा ३० जनालाई ‘फुलमुन बन्जी’ गराउने बताउँदै प्रिबुकिङ समेत शुरु भईसकेको जानकारी दिएको छ ।

गत कात्तिकदेखि बिश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै पहिलो स्विङ सञ्चालन ल्याएको द क्लिफले पर्यटकका लागि स्तरीय रिसोर्टको समेत व्यबस्था गरेको छ । यसका साथै स्विङ र ‘गुलेली शैलीको पिङ’ ले पर्यटकलाई आकर्षित गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *