कर्पोरेट

दक्षिणकाली मन्दिर परिसरमा सनराइजको क्यूआर कोड

sunrise qr code

१३ चैत, काठमाडौं । सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।

दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले सुभारम्भ गरे ।

उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीहरुको खरिद रकमको भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकको सहजताको लागि बैंकले मन्दिर परिसरमा निःशूल्क वाइफाइसमेत व्यवस्था गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस