कर्पोरेट

नबिल बैङ्कको ‘हिरोज् अफ नेपाल’ मा शेफ सन्तोष शाह सम्मानित

Sef Santosh Shaha

१३ चैत, काठमाडौं । नबिल बैङ्कले ‘हिरोज् अफ नेपाल’ मा शेफ सन्तोष शाहलाई सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरूलाई सम्मान गर्ने मञ्चको रूपमा नबिल बैङ्कले ‘हिरोज् अफ नेपाल’ को दोस्रो संस्करणमा शाह सम्मानित भएका हुन् ।

सम्मानित शेफ शाहले केहिसमय अघि मात्रै यु.के. को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई समेत प्रदर्शन गरेर सफलता हासिल गरेका थिए ।

शेफ शाहकै सम्मानका लागि अयोजित कार्यक्रममा बैङ्कले शाहसँगै मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठसँग बैङ्कका सिइओ अनिल केशरी शाह बीच प्यानल छलफलको कार्यक्रम आयोजना गरेको थियो ।

उक्त छलफलका क्रममा शेफ शाहले आफ्नो प्रेरणादायिक उपलब्धिहरूको बारेमा जानकारी दिँदै आफ्नो जीवनका यात्राका चुनौतीहरूको बारेमा समेत बताएका थिए । सो अवसरमा उनले सफलताको सूत्रको प्रेरणादायी सन्देशहरू समेत दिएका थिए ।

हिरोज् अफ नेपाल घोषित गरेको बैङ्कले शेफ शाहको थप नेपाली परिकारको अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित समेत गरेको छ । जसको अनुसरण गर्दै, नबिल बैङ्कले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सो अवसरमा नबिल बैङ्कले आगामी दिनहरूमा पनि यस खालको हिरोज्हरुको सम्मान र अनुसरणको शृङ्खलालाई निरन्तरता दिने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *